काठमाडौ ,पुस ३०- नेपाल एसबीआई बैंकको घ्याङलेख–२ बस्तीपुरस्थित हायुटार शाखामा मंगलबार राति भएको लुटपाट घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
घ्याङलेख–१ सुकाचुरी क्षेत्रबाट स्थानीयको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले जानकारी दिए। पक्राउ परेकाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
मंगलबार राति पाँचदेखि छ जनाको समूहले बैंकमा लुटपाट गर्दै ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए। घटनापछि प्रहरीले सुरु गरेको खोजतलासका क्रममा लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद गरिएको छ।
बरामद गरिएको रकम विभिन्न स्थानबाट फेला परेको र यस कार्यमा स्थानीयवासीको सहयोग महत्वपूर्ण रहेको प्रहरीले जनाएको छ। बाँकी रकम र फरार अभियुक्तको खोजीका लागि अनुसन्धान तीव्र पारिएको छ।
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने चुनौतीको समयमै ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!