काठमाडौं पुस २२— नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी केन्द्रीय निर्वाचनका लागि विकल्पराज पोखरेलले केन्द्रीय उपाध्यक्ष पदमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्। पोखरेललाई पार्टीभित्र र बाहिरबाट जित्ने सबैभन्दा बलियो उम्मेदवारका रूपमा हेरिएको छ।
हाल इक्यानको केन्द्रीय सह-कोषाध्यक्ष रहेका पोखरेलले शैक्षिक परामर्श क्षेत्रको संस्थागत सुदृढीकरण र व्यवसायीक हित प्रवर्द्धनका लागि उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए। लामो समयदेखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय रहेर उनले एक कार्यकाल केन्द्रीय सदस्यको अनुभव हासिल गरेका छन् भने हाल सह–कोषाध्यक्ष तथा ट्रेनिङ विभाग संयोजकको रूपमा संस्थागत सुदृढीकरण, क्षमता विकास र आर्थिक अनुशासनमा योगदान पुर्याउँदै आएका छन्।
पोखरेलले इक्यानलाई व्यक्तिकेन्द्रित नभई सदस्य–केन्द्रित संस्था बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै, टीमवर्कमा विश्वास गर्ने, सुन्न सक्ने, समन्वय गर्न सक्ने र निर्णय कार्यान्वयन गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताए।
उनका अनुसार, केन्द्र र शाखाबीचको समन्वय मजबुत बनाउने, व्यवसायीक क्षमता अभिवृद्धि गर्ने, आर्थिक पारदर्शिता कायम राख्ने र ७०० भन्दा बढी सदस्यहरूको सुरक्षा र अधिकारलाई प्राथमिकता दिने मुख्य दायित्व हुनेछ। पोखरेलले इक्यानियनहरुलाई उनलाई विश्वास गरेर मतदान गर्न आग्रह गरेका छन्।
काठमाडौँ, माघ १५-उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष तथा पूर्व सहरी विकास मन्त्री कुलमान घिसिङले ...

प्रतिक्रिया