इक्यानमा अप्रत्याशित मोड: उम्मेदवारी नदिने भनिएका भुवन क्षेत्री नै अध्यक्षका बलिया दाबेदार !

इक्यानमा अप्रत्याशित मोड: उम्मेदवारी नदिने भनिएका भुवन क्षेत्री नै अध्यक्षका बलिया दाबेदार !

काठमाडौ पुस २०-इक्यानको २० औँ साधारण सभा तथा आसन्न निर्वाचन नजिकिँदै जाँदा अध्यक्ष पदका आकांक्षीहरूको चर्चा थप चर्किएको छ। यसैबीच, केही दिनअघि आफू निर्वाचनको दौडबाट बाहिर रहने घोषणा गरेका वर्तमान द्वितीय उपाध्यक्ष भुवन क्षेत्रीको अध्यक्ष पदमा उम्मेदवारी दिने सम्भावना बलियो बन्दै गएको छ।

यसअघि क्षेत्रीले सामाजिक सञ्जालमार्फत संस्थागत एकता, सहकार्य र स्थायित्वलाई प्राथमिकतामा राख्दै यसपटक उम्मेदवारी नदिने निर्णय सार्वजनिक गरेका थिए। वर्तमान संरचनाभित्र नै सक्षम र योग्य नेतृत्व उपलब्ध रहेको विश्वास व्यक्त गर्दै उनले ‘त्यागमै सन्तोष’ रहेको भावनासमेत व्यक्त गरेका थिए।

व्यक्तिगत विचार वा राजनीतिक आस्थाका कारण संस्थालाई अनावश्यक रूपमा अस्थिर बनाउनु उपयुक्त नहुने उनको भनाइ थियो। साथै, आगामी दिनमा पनि सहयोगी र रचनात्मक भूमिकामार्फत संस्थागत हितमा योगदान जारी राख्ने प्रतिबद्धता उनले जनाएका थिए।

तर पछिल्ला राजनीतिक घटनाक्रम, आन्तरिक समीकरण र नेतृत्व चयनसम्बन्धी छलफलहरूले माहोल फेरिएको देखिन्छ। यी सबै कारणले पोखरा निवासी भुवन क्षेत्रीको उम्मेदवारी पुनः सम्भावनाको केन्द्रमा आएको छ। हाल उनी इक्यानको द्वितीय उपाध्यक्षका रूपमा कार्यरत छन्।

कास्की शाखाको अध्यक्ष हुँदै शाखाहरूको प्रतिनिधित्व गर्दै केन्द्रमा आएका क्षेत्री संस्थाको विधि–विधानको पालना, व्यवसायिकता प्रवर्द्धन तथा अधिकारको विकेन्द्रिकरणजस्ता मुद्दामा स्पष्ट र खरो धारणा राख्ने नेताका रूपमा परिचित छन्।

उनको सम्भावित उम्मेदवारीले इक्यानको आगामी निर्वाचनलाई थप रोचक र प्रतिस्पर्धात्मक बनाउने आंकलन गरिएको छ। उम्मेदवारी नदिने घोषणाबाट सम्भावित अध्यक्षसम्मको यात्राले इक्यानको राजनीतिमा नयाँ हलचल ल्याएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

खैरो हिरोइनसहित चन्द्रगढी विमानस्थलबाट युवती पक्राउ
एक महिना अगाडि

झापा, माघ २० - भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट यति एयरलायन्सको उडान नं ९२६ बाट काठमाडौँ जान लागे ...

छुटाउनुभयो कि ?

TOP