मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की

कावासोती, नवलपरासी माघ २० - (बर्दघाट सुस्तापूर्व) नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा हुने राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएको पश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरूसँगको कुराकानीमा भन्नुभएको छ,
“निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ; विशेषगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउने विकल्पमा सोच्न सकिन्छ।”

प्रधानमन्त्री कार्कीले कम मतदाता भएका स्थानमा सवारीसाधन प्रयोग गरेर मतदाता ओसार्दै निर्वाचन सम्पन्न गराउने तयारी रहेको उल्लेख गर्दै, “यदि हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिन्छ” भन्नुभयो।

उहाँले थप भन्नुभयो कि अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयले प्रवेश नपाएकाले ढुक्कका साथ आगामी फागुन २१ गतेको निर्वाचनमा सबै जुट्न आवश्यक रहेको छ।

प्रधानमन्त्री कार्कीले भने,
“समयमै निर्वाचन सम्पन्न गरेर नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देशलाई नयाँ दिशातर्फ अगाडि बढाउनेमा म विश्वस्त छु।”

उहाँले निर्वाचन शान्तिपूर्ण रूपमा तथा भररहित वातावरणमा सम्पन्न गराउन शत प्रतिशत प्रयास गरिएको र विशेष परिस्थितिका बाबजुद चुनौतीहरू समाधान गरेर निर्वाचन सम्पन्न गरिने जानकारी पनि दिनुभयो।

[RSS]

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

किरियापुत्रीद्वारा मतदान !
1 हप्ता अगाडि

दमौली तनहुँ | व्यास नगरपालिका-११ मा दुई जना किरियापुत्रीले मतदान गरेका छन् । सोही ठाउँका तिलकबहादुर ...

छुटाउनुभयो कि ?

TOP