काठमाडौं ,पुस १३ -आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले विदेशी नम्बर प्लेट भएका सवारीसाधनको प्रयोग पूर्ण रूपमा निषेध गरेको छ।
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ अनुसार निर्वाचन प्रचार–प्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार तथा तिनका भातृसंगठनले विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग गर्न नपाउने व्यवस्था गरिएको हो।
आचारसंहिताअनुसार निर्वाचन अधिकृतको अनुमति लिएर उम्मेदवारले सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार रहेको स्थानमा बढीमा दुईवटा मात्र दुईपांग्रे, तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारीसाधन प्रयोग गर्न पाउनेछन्। तर, ती सवारीसाधन नेपालमा दर्ता भई नेपाली नम्बर प्लेट भएका हुनुपर्ने स्पष्ट गरिएको छ।
निर्वाचन आयोगले एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न नपाइने र त्यस्ता सवारीसाधन प्रयोग गरी मतदाता ओसार–पसार गर्न नहुने व्यवस्था पनि कडाइका साथ लागू गरेको छ। यसले निर्वाचनमा हुने अनुचित प्रभाव, पैसाको दुरुपयोग र असमान प्रतिस्पर्धा रोक्ने आयोगको उद्देश्य रहेको जनाइएको छ।
तर, हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपमा अशक्त वा अपांगता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक जस्ता मतदाताका हकमा भने निर्वाचन अधिकृतको अनुमति प्राप्त सवारीसाधन प्रयोग गर्न पाइने व्यवस्था गरिएको छ।
आचारसंहिताअनुसार अनुमति नलिएका वा विदेशी नम्बर प्लेट भएका सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचार–प्रसार वा सामग्री प्रदर्शन गरेमा सम्बन्धित स्थानका ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले सवारीसाधन नियन्त्रणमा लिई त्यसको जानकारी जिल्ला आचारसंहिता अनुगमन समितिलाई गराउनुपर्ने प्रावधान छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सवारीसाधन प्रयोगमा कडाइ गरिएको भन्दै आयोगले सबै राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ।
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया