काठमाडौं, पुस ११ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरी बल नेपालले १० केजी ९६० ग्राम गाँजासहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेस, गौचरनबाट खटिएको टोलीले शुक्रबार दिउँसो करिब २ बजे उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरू थाइल्यान्डको बैंककबाट एयर एसियाको उडान नम्बर FD–182 मार्फत काठमाडौं आएका थिए।
नियन्त्रणमा लिइएकामा भारत घर बताउने ३८ वर्षीया शाजिया, ४८ वर्षीय रैश अहमद, ७२ वर्षीया फातिमा र ११ वर्षीय हादी अहमद रहेका छन्।
सशस्त्र प्रहरीले जनाएअनुसार उनीहरूले ल्याएको लगेजमा कफी र चकलेटको प्याकेटभित्र लुकाई छिपाई राखिएको गाँजा बरामद गरिएको हो।
नियन्त्रणमा लिइएका चारै जनालाई बरामद गाँजासहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
इटहरी (सुनसरी), माघ-११गते इटहरी उपमहानगरपालिकाको आयोजनामा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्र ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!