काठ्मांडौ माघ-९ अध्यागमन विभागले नेपालस्थित विभिन्न दूतावास/नियोगहरुका कन्सुलरहरुसँग विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (FNMIS) सम्बन्धमा अन्तरक्रिया गरेको छ। कन्सुलर विभागको समन्वयमा उक्त अन्तरक्रिया कार्यक्रम भएको हो। नेपालस्थित विभिन्न नियोगहरुबाट नेपालको अध्यागमन विभागले विदेशी नागरिकहरुको अनुगमन सम्बन्धमा विकास गरेको प्रणालीको बुझाईमा एकरुपता कायम गर्न कार्यक्रमको आयोजना गरिएको हो। अध्यागमन विभागका महानिर्देशक श्री रामचन्द्र तिवारीले यस प्रणालीबाट संकलित तथ्यांक विदेशी नागरिकको सुरक्षा, अनुसन्धानका लागि सूचनाको उपलब्धता र आपतकालीन अवस्थामा उद्धार प्रयोजनका लागि उपयोग हुने बताउनुभयो। उहाँका अनुसार यस प्रणाली कार्यान्वयन भएपश्चात् पनि अध्यागमनले कुनै थप सूचना माग नगर्ने सेवा प्रदायकहरुबाट सूचना प्राप्त हुने भएकोले सोको लागि नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुलाई थप दायित्व सिर्जना नगर्ने समेत बताउनुभयो। यसै गरी कन्सुलर विभागका महानिर्देशक श्री दुरपदा सापकोटाले नेपाल पक्ष राष्ट्र भएर गरिएका सम्झौता अनुरुप अन्तराष्ट्रिय दायित्व पूरा गर्न समेत उक्त प्रणाली विकास भएकोले व्यक्तिगत तथ्यांक सुरक्षाका सम्बन्धमा विदेशी दूतावास/नियोगहरुलाई विश्वस्त हुन आग्रह गर्नुभयो। कार्यक्रममा विभिन्न मुलुकका नेपालस्थित नियोगका प्रतिनिधिहरुले प्रणालीको सञ्चालन, नियोगहरुबाट अपेक्षा गरिएको भूमिका, तथ्यांकको सुरक्षा र नेपाल प्रवेश गर्ने विदेशी नागरिकले बहन गर्नुपर्ने थप जिम्मेवारी आदिका सम्बन्धमा बारेमा जिज्ञासा राख्नुभएको थियो।
अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरुको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग गर्ने उद्देश्यले विकास गरेको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (Foreign Nationals Management Information System, FNMIS कार्यान्वयनमा ल्याएको छ। मा. गृहमन्त्री श्री ओमप्रकाश अर्यालले वि. सं. २०८२ पुष १७ (सन् २०२६ जनवरी १) मा उक्त प्रणालीको शुभारम्भ गर्नुभएको थियो।
यो प्रणाली पहिलो चरणमा वि. सं. २०८२ पुष १७ (सन् २०२६ जनवरी १) गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू भएको छ। दोस्रो चरणमा वि. सं. २०८२ फागुन १७ (सन् २०२६ मार्च १) देखि देशभित्रका सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी, मनी एक्सचेञ्जरहरुमा र क्रमशः सबै प्रकारका होटल, गेष्ट हाउस र अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागू गरिने कार्ययोजना रहेको छ।
यस सूचना प्रणालीको कार्यान्वयनको प्रभावकारीताका लागि विदेशी नागरिकहरुलाई सेवा प्रदान गर्ने सबै निकायहरु प्रणालीमा दर्ता हुनुपर्छ। पहिलो चरणमा उपत्यकाका तारे होटेलहरुमा अनिवार्य भए तापनि विदेशी नागरिकहरुलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था एवम् निजी कम्पनीहरु अग्रीम रुपमा यस प्रणालीमा आबद्ध हुन सक्नेछन्। हालसम्म विदेशी नागरिकहरुलाइ सेवा प्रदान गर्ने विभिन्न प्रकृतिका एक हजार ५०० भन्दा बढी निकायहरु उक्त प्रणालीमा आवद्ध भईसकेका छन्। सेवा प्रदायक निकाय र सरोकारवालाहरुसँग विभिन्न चरणमा छलफल गरी विकास गरेको उक्त प्रणालीको सम्बन्धमा विभिन्न प्रदेश लक्षित सचेतना कार्यक्रम सञ्चालन गर्ने लक्ष्य अनुरुप अध्यागमन विभागले चितवन जिल्लामा अन्तरक्रिया गरिसकेको छ।
टीकाराम ढकाल
निर्देशक/प्रवक्ता
अध्यागमन विभाग
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया