काठमाडौं,मङ्सिर १५ — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पितृशोकमा परेका छन्। उनका बुवा तथा आयुर्वेदिक चिकित्सक रामनारायण शाहको सोमबार (मंसिर १५) नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
अस्पताल स्रोतका अनुसार आइतबार पिसाबसम्बन्धी समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो। निरन्तर उपचार भइरहेको अवस्था बीच सोमबार दिउँसो १२ बजे निधन भएको पुष्टि गरिएको छ।
स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री सुशीला कार्की सोमबार बिहानै अस्पताल पुगेकी थिइन्। निधनसँगै शाह परिवार, सम्बन्धित समुदाय र महानगर नेतृत्व शोकमा डुबेका छन्।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया