के तपाईंले कहिल्यै यस्तो अनुभूति गर्नुभएको छ —
"जति दौडिएँ, लक्ष्य अझै टाढा लाग्यो,
जति कामना गरें, पूरा भएनन्।
कहिलेकाहीँ लाग्छ, कुनै अदृश्य बाधा छ,
कुनै नदेखिएको सड्ढट छ जीवनसँग टाँसिएको।"
तर अब समय आएको छ —
यी सबै गहिरा पीडा, अपूरा चाहनाहरू, र अनकन्टार सड्ढटहरूलाई पशुपतिनाथको चरणमा समर्पण गर्ने।
र त्यसको निम्तो दिनुभएको छ, आध्यात्मिक युगद्रष्टा बालयोगेश्वर विजय कृष्ण मुर्ति महाराजले।
साउन १ गतेदेखि भदौ २१ गतेसम्म, भगवान पशुपतिनाथको पवित्र परिसरमा ४२ दिने "मनोकामना पूर्ति तथा सड्ढटमोचन अनुष्ठान" आयोजना हुँदैछ – जहाँ प्रत्येक मन्त्र, प्रत्येक आहुति, प्रत्येक उच्चारण तपाईंकै लागि समर्पित हुनेछ।
यो केवल पूजा होइन,
यो तपाईँको आत्मासँग आत्माको पुनःजोड हो।
यो केवल रीतिरिवाज होइन,
यो सृष्टिकै ऊर्जा बोकेको साधना हो।
मानव सेवा फाउन्डेसन नेपालको संयोजनमा सञ्चालन हुने यस विशेष अनुष्ठानमा, महाराज स्वयं उपस्थित भई दिग्गज पण्डितहरूद्वारा शास्त्रीय विधिअनुसार हवन, मन्त्रपाठ, र पाठ पारायण गरिनेछ। यहाँ तपाईँको प्रत्येक बिझेको मनले सान्त्वना पाउनेछ, प्रत्येक अधूरो सपना पूर्णताको बाटो भेट्नेछ।
गत वर्ष पशुपति कोटिहोमले जुन आध्यात्मिक कम्पन फैलायो,
गण्डकी कोटिहोमले जुन चेतना र विश्वासको लहर ल्यायो,
त्यो सबैको मूल स्रोत बनेर आज विजय कृष्ण मुर्ति महाराज एकजना आध्यात्मिक पुरूषको रूपमा होइन,
एक युगको धर्म–दिशा दिने ज्योति बनेर उभिनु भएको छ।
उहाँको दर्शनले व्यक्ति मात्र होइन, परिवार, समाज, र राष्ट्रलाई समेट्दै एउटा धार्मिक पुनर्जागरणको अभियान थालनी गरिसकेको छ।
"४२ दिनभित्र एक दिन, त्यो पनि आफ्नै लागि"समय दिने हो ,के आफ्नो लागि समय मिलाउन सक्नु हुन्छ?
तर त्यो एक दिनले तपाईंको बाँकी जीवन बदल्न सक्छ।
पशुपतिनाथको छायाँमा, एउटा दिव्य अनुभूति पर्खिरहेको छ।
जहाँ सड्ढट हराउँछ, मन हलुका हुन्छ, आत्मा उज्यालोले भरिन्छ।
यसै सन्दर्भमा, मामाघर आश्रम र छोरी घर अझै पनि भाडाको घरमै सेवा दिइरहेका छन्।
तर अब समय आएको छ —
यी सेवामूलक संस्थाहरूलाई आफ्नै घरमा स्थानान्तरण गरी स्थायित्व र सशक्तताको नयाँ अध्याय सुरु गर्ने।
यो केवल भवनको आवश्यकता होइन, यो समाजप्रतिको हाम्रो दायित्व र निष्ठाको प्रतिबिम्ब हो।
रेड मिडिया परिवार सम्पूर्ण श्रद्धासाथ बालयोगेश्वर विजय कृष्ण मुर्ति महाराजलाई नमन गर्दछ।
उहाँको आध्यात्मिक प्रेरणाले धर्म, संस्कार, आस्था र आत्मविश्वासको नयाँ युग प्रारम्भ हुने दृढ विश्वास गर्दछ।
अब निर्णय तपाईंको हो —
जीवनलाई बदल्ने यो यात्रामा तपाईं सहभागी हुनुहुन्छ?
के तपाईं पशुपति पुग्नुहुन्छ — केवल एक दिन, केवल आफ्नो लागि?
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया