काठमाडौं, असार २७– राष्ट्रिय सूचना प्रविधि केन्द्र, सिंहदरबारमा आर्थिक वर्ष २०७६/७७ मा उच्च प्रविधि पूर्वाधार (High Compute Infrastructure) खरिदमा १५ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।
अख्तियारले केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल, निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र आपूर्ति कम्पनी वर्ल्ड डिस्ट्रीब्युसन नेपाल प्रा.लि. का अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठलाई प्रतिवादी बनाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कारबाहीको माग गरेको हो।
अनुसार, राष्ट्रिय सूचना प्रविधि केन्द्रले गुरुयोजना विना तथा आपसी मिलेमतोमा World Distribution Nepal Pvt. Ltd., कान्तिपथ, काठमाडौं लाई भ्याटसहित रु. ३० करोड ६५ लाख ५५ हजार ७६३।१८ को ठेक्का दिएको थियो। सम्झौताअनुसार 2.4 GHz Intel Xeon Processor सहितको स्टोरेज उपकरण आपूर्ति गर्नु पर्नेमा कम्पनीले केवल 2.1 GHz प्रोसेसर जडित Oracle ZFS Storage Appliance ZS7-2 Controller आपूर्ति गरेको पाइएको छ।
प्राविधिक मापदण्ड अनुसार, २.४ GHz प्रोसेसरले २.१ GHz प्रोसेसरभन्दा ३०० मिलियन बढी निर्देशन प्रक्रिया गर्न सक्ने र कार्यक्षमता १४.२८ प्रतिशतले बढी हुने देखिएको हुँदा घटिया प्रविधि आपूर्ति गरी सरकारलाई आर्थिक हानि र आपूर्ति कम्पनीलाई अनुचित लाभ दिएको ठहर अख्तियारले गरेको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (ग), (ङ), (ञ) अनुसार उनीहरूविरुद्ध कैद, जरिवाना र बिगो असुल उपरको मागदाबी गरिएको छ। साथै, तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलमाथि ऐनको दफा २४ अनुसार थप सजायको माग गरिएको छ।
अख्तियारले सो प्रकरणमा सरकारी कागजातमा गलत विवरण पेश गरिएको, खरिद प्रक्रिया मापदण्ड विपरीत गरिएको र भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको पुष्टि भएको भन्दै मुद्दा अगाडि बढाएको हो।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया