काठमाडौं, असार २७ —कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘सिस्टम डाउन’को बहानामा घुस लिने प्रचलन बढ्दै गएको छ। १ करोडभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीहरूले आफ्नो दर्ता प्रक्रिया सहज बनाउन चुक्ता पूँजीको ०.३ प्रतिशत घुस बुझाउनुपर्छ भने, त्यसभन्दा कम पूँजी भएका कम्पनीहरूबाट ०.५ देखि १ प्रतिशतसम्म असुली हुने सेवाग्राहीहरूको भनाइ छ।
त्रिपुरेश्वरस्थित कार्यालयमा सेवा लिन आएका एक सेवाग्राहीले नवीकरणका क्रममा १५ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको भन्दै गुनासो गरे। “केही वर्षअघि पनि नवीकरण गर्न कार्यालय पुगेको थिएँ, तर सर्भर डाउन भन्दै काम नगरी पठाइयो,” उनले भने, “अब भने एकैछिनमै जरिवाना तिर्न भनेका छन्।”
उक्त सेवाग्राहीको एउटा कृषिसम्बन्धी कम्पनी रहेको र उनले पुरानो कम्पनी नवीकरण गर्दा छुट नदिइएको, तर नयाँ कम्पनी दर्तामा छुट हुने भनिएको अनुभव सुनाएका छन्।
निकट स्रोतका अनुसार, रजिस्ट्रार कार्यालयमा फाइल ट्रान्सफर प्रणालीसमेत रकम असुलीको उपकरणको रूपमा प्रयोग भइरहेको छ। कर्मचारीहरूमाथि बिचौलियासँग मिलेर प्रणालीगत भ्रष्टाचार गर्दै आएको गम्भीर आरोप लागिरहेको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया