काठमाडौं, असार ३० – नेकपा एमालेको विचार, नीति र संगठन जनस्तरसम्म फैलाउने लक्ष्यसहित बौद्धिक परिषद्ले अब शसक्त कार्यान्वयन भूमिकामा उत्रिने घोषणा गरेको छ। सोमबार काठमाडौंको पुलिस क्लबमा आयोजित पत्रकार सम्मेलनमार्फत परिषद्ले दोस्रो केन्द्रीय समितिबाट पारित रणनीति र कार्यदिशा सार्वजनिक गर्दै, वैचारिक अभियानलाई संस्थागत ढंगले अघि बढाउने स्पष्ट संकेत दिएको हो।
परिषद्की प्रचार सचिव डा. टिका ढकालले परिषद् अब सुझाव मात्र दिने संस्था नभइ नीतिको कार्यान्वयनमा सक्रिय भूमिका निर्वाह गर्ने बताइन्। “देश नाराबाट होइन, व्यवहार र परिणामबाट अगाडि बढ्छ,” उनले भनिन्, “अब हामी नारा र भाषणमा सीमित रहनेछैनौं।”
परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले पार्टीको वैचारिक मार्गदर्शनलाई जनस्तरसम्म पुर्याउन शिक्षा, कृषि, रोजगारी र संस्कृतिमा आत्मनिर्भरता अभिवृद्धि गर्ने कार्यक्रमहरू अघि बढाइने बताए। उनले भने, “हामी व्यवहारमै देखिने नीतिहरू दिन तयार छौं। वैचारिक बहस, युवा प्रशिक्षण, र नीतिगत सुझावमार्फत एमालेलाई अझ सुदृढ बनाउने योजनासहित अगाडि बढिरहेका छौं।”
उनका अनुसार परिषद्ले देशभर वैचारिक संवाद, कार्यकर्ता प्रशिक्षण र स्थानीय उत्पादन प्रवर्द्धनमा जोड दिँदै राष्ट्रवाद र राजनीतिक स्थायित्वलाई केन्द्रमा राखेर भ्रम हटाउने काममा जुट्नेछ।
कार्यक्रममा सत्तारूढ गठबन्धनप्रति परोक्ष आलोचना गर्दै प्रचारमुखी शैलीको अन्त्य गर्न विवेकपूर्ण र परिणाममुखी हस्तक्षेप आवश्यक रहेको औंल्याइयो। संविधान र लोकतन्त्रबीचको अन्तरविरोध, वैदेशिक हस्तक्षेप, र युवा विदेश पलायनजस्ता चुनौतीहरूलाई दीर्घकालीन दृष्टिकोणसहित समाधान गर्न पार्टी–समाज सहकार्य अपरिहार्य रहेको कुरामा अध्यक्ष थपलियाले जोड दिए।
परिषद्ले केन्द्रदेखि स्थानीय तहसम्म कार्यकर्ता परिचालन, नीतिगत सुदृढीकरण, र जनस्तरमा वैचारिक रूपान्तरणमार्फत आगामी निर्वाचनमा निर्णायक प्रभाव पार्ने कार्ययोजना अघि सारेको छ।
पुलिस क्लबमा परिषद्को औपचारिक भूमिका सार्वजनिक भएसँगै एमालेको वैचारिक शुद्धता, सांगठनिक सुदृढता र दीर्घकालीन रणनीतिक तयारीमा नयाँ चरण प्रारम्भ भएको संकेत गरिएको छ।पत्रकारहरुको बाक्लो उपस्थिति रहेको सो पत्रकार सम्मेलनमा परिषदका उपाध्यक्ष ,महासचिव ,महिला बिभाग प्रमुख ,सदस्यहरु लगायतको सहभागीतामा समेत रहेको थियो।
जनकपुरधाम — मधेश प्रदेश प्रहरीको नयाँ भवन उद्घाटन आगामी साउन ३०गते प्रधानमन्त्री केपी शर्मा ओल ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!