पोखरा, जेठ २७ – पोखरा–१७ स्थित गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति गरिएको छ। पूर्णाहुति अमेरिका निवासी धर्मगुरु कालिदास वावा (काली बाबा) द्वारा सम्पन्न गरिएको हो।
महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार काली बाबा अमेरिका हुँदै दिल्ली र काठमाडौंको लामो यात्रा गरेर विशेष निमन्त्रणामा पोखरा आएका थिए। उनले विजय कृष्णमूर्तिलाई “यज्ञ सम्राट” को उपमा दिएका छन्।
महायज्ञ प्रचार संयोजक लेखराज ढकालका अनुसार सोमबारबाट होमन, पाठ परायण, व्रतबन्ध, चौरासी पूजा लगायत सम्पूर्ण धार्मिक कार्यक्रम समापन गरिएको छ। यज्ञमा सहभागी चार सयभन्दा बढी ब्राह्मणलाई सम्मानसाथ बिदाइ गरिएको छ।
महायज्ञ वैशाख १९ गते अग्निमन्थनसँगै सुरु भएको थियो। कोटिहोममा १०८ भागवत पाठ, वेद पाठ, सप्त चण्डी, अति रुद्री, हवन र मन्त्रजपलगायत कार्यक्रमहरू सञ्चालन भएका थिए।
यज्ञको समापनसँगै तिलक, भस्म वितरण र जलकलश घर लैजाने व्यवस्था गरिएको छ।
यसैबीच, सोमबार पोखरावासी गंगा केसीको परिवारले मानव सेवा फाउन्डेसन नेपाललाई पोखरा–५ प्रस्याडमा २ रोपनी जग्गा दान गरेका छन्। फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार उक्त जग्गामा भवन निर्माण गरिनेछ। आश्रम निर्माण भएमा थप जग्गा उपलब्ध गराउने प्रतिबद्धता दातृ परिवारले जनाएको छ।
महायज्ञमा हालसम्म करिब ३० लाख भक्तजन सहभागी भएको आयोजकले जनाएको छ। कोटिहोम जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ। यसबीच श्रीमद्भागवत कथा वाचन जारी रहेको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया