यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज गण्डकी कोटीहोममा आउने

पोखरा, जेठ २६– पोखराको सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार (आज) यज्ञको विधिवत् पूर्णाहुति गरिँदैछ। यस विशेष अवसरमा प्रसिद्ध सनातन धर्मगुरु कालिदास बाबा (कालिवावा) कोटीहोममा आगमन हुने भएको छ।

महायज्ञ प्रचार–प्रसार समितिका संयोजक लेखराज ढकालका अनुसार कालिवावाले आजै पूर्णाहुति विधि सम्पन्न गर्नेछन्। एक सय एक हवन कुण्डमा महिनाभर निरन्तर रूपमा चलिरहेको हवन आज विधिपूर्वक सम्पन्न हुँदैछ।

पूर्णाहुति पश्चात चार सयभन्दा बढी ब्राह्मणहरुलाई सम्मानपूर्वक बिदाइ गरिने कार्यक्रम छ। साथै व्रतबन्ध, चौरासी पूजा लगायत अन्य विधिहरूको पनि समापन गरिनेछ। अभिषेक तथा महाप्रसाद ग्रहण गर्ने कार्यक्रम पनि आजै हुनेछ।

यता, भागवत मञ्जरी दासीद्वारा जेठ १७ देखि श्रीमद्भागवत कथा वाचन भईरहेको छ, जुन अब जेठ ३१ गतेसम्म चल्नेछ। यसअघि जेठ २६ सम्मको तय भएको कथा कार्यक्रम श्रद्धालुहरूको मागअनुसार पाँच दिन थप गरिएको हो।


 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP