चर्चामा
नवलपरासी ।पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–स्थित पेलेगा डाँडाबाट निस्किरहेको रहस्यमय धुवाँबारे गरिएको प्रारम्भिक अनुसन्धानमा विषाक्त कार्बनमोनोअक्साइड ग्यास निस्किएको आशंका गरिएको छ।
खानी तथा भूगर्भ विभागका विज्ञहरूले घटनास्थलको अध्ययनपछि गन्धक र पानीबीचको रासायनिक प्रतिक्रियाका कारण उक्त ग्यास उत्पन्न भएको हुन सक्ने प्रारम्भिक निष्कर्ष निकालेका छन्। यद्यपि धुवाँको वास्तविक स्रोत र त्यसबाट उत्पन्न जोखिमको स्तरबारे थप वैज्ञानिक अध्ययन आवश्यक रहेको विभागले जनाएको छ।
धुवाँ निस्किने क्रम जारी रहेको र यसको मात्रा बढ्दै गएको बताइएपछि सम्बन्धित निकायले घटनास्थलको निगरानीसमेत बढाएको छ। विज्ञहरूका अनुसार कार्बनमोनोअक्साइड मानव स्वास्थ्यका लागि निकै हानिकारक ग्यास भएकाले प्रभावित क्षेत्र नजिक पुग्ने मानिस तथा जीवजन्तुलाई सास फेर्न कठिनाइ हुन सक्ने जोखिम रहेको छ।
स्थानीयवासीलाई धुवाँ निस्किरहेको स्थान आसपास अनावश्यक रूपमा नजान र सावधानी अपनाउन आग्रह गरिएको छ। विभागले ग्यासको प्रकृति, स्रोत र सम्भावित प्रभावबारे विस्तृत अनुसन्धान जारी रहेको जनाउँदै अध्ययन प्रतिवेदनपछि थप तथ्य सार्वजनिक गरिने जनाएको छ।
पेलेगा डाँडाबाट निरन्तर निस्किरहेको रहस्यमय धुवाँले स्थानीय क्षेत्रमा कौतुहलसँगै चिन्ता पनि बढाएको छ।
काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको सातौँ दिन आज देशभरका दुर्गा मन्दिर तथा दसैँ घरमा नवदुर्गामध्येक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!