चर्चामा
काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको सातौँ दिन आज देशभरका दुर्गा मन्दिर तथा दसैँ घरमा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदैछ । आजै घरघर तथा विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याउने धार्मिक परम्परा पनि रहेको छ ।
वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा आराधना गर्ने परम्परा छ । कालरात्रिलाई दुष्ट शक्तिको विनाश गर्ने तथा भक्तजनलाई भय र संकटबाट रक्षा गर्ने देवीका रूपमा पुज्ने धार्मिक मान्यता रहेको छ ।
नवरात्रको पहिलो दिन असोज १५ गते घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जमरा राखिएको थियो ।
घटस्थापनासँगै सुरु भएको नवदुर्गाको विशेष पूजाअन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा गरिएको थियो ।
काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!