फूलपातीको अवसरमा 'छ माया छपक्कै २' देशभर प्रदर्शनमा

फूलपातीको अवसरमा 'छ माया छपक्कै २' देशभर प्रदर्शनमा

काठमाडौं । दसैँको फूलपातीलाई लक्षित गर्दै नेपाली चलचित्र 'छ माया छपक्कै २' आज शनिबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ।

सामान्यतया शुक्रबार नयाँ चलचित्र प्रदर्शनमा आउने गरे पनि चाडपर्वको अवसर पारेर यो चलचित्र शनिबार रिलिज गरिएको हो। चलचित्रले मल्टिप्लेक्स र सिंगल थिएटरमा शो पाए पनि शुक्रबारदेखि प्रदर्शनमा रहेका 'आबाट आमा २' र '१२ गाउँ २' का कारण सबै हलमा भने स्थान पाउन सकेको छैन।

'आमा सरस्वती मुभिज', 'रोहित अधिकारी फिल्म्स' र 'आईएमई'को संयुक्त प्रस्तुतिमा बनेको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन्। चलचित्रको कथा दीपेन्द्र लामा र दीपकराज गिरीले संयुक्त रूपमा तयार पारेका हुन् भने पटकथा तथा संवाद दीपकराज गिरीले लेखेका छन्।

चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई मुख्य भूमिकामा छन्। उनीहरूसँगै कर्मा, रिहान गिरी, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे र निर्मल शर्मालगायत कलाकारको अभिनय रहेको छ।

रोहित अधिकारी निर्माता रहेको चलचित्रले समसामयिक सामाजिक विषयवस्तुलाई हास्यप्रधान शैलीमा प्रस्तुत गरेको निर्माण पक्षको भनाइ छ। दसैँको बिदामा दर्शकको साथ पाउने अपेक्षासहित चलचित्र प्रदर्शनमा ल्याइएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP