झापामा जुवा खेलिरहेका ६ जना पक्राउ, १ लाख २२ हजार रुपैयाँ बरामद

झापामा जुवा खेलिरहेका ६ जना पक्राउ, १ लाख २२ हजार रुपैयाँ बरामद

झापा । झापाको अर्जुनधारामा अवैध रूपमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई नगदसहित पक्राउ गरेको छ।

अर्जुनधारा नगरपालिका-५ स्थित ओमचोकमा रहेको सीताराम थापाको घरमा जुवा खेल भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले शुक्रबार राति करिब १०ः१० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय किशोर थापा, ५५ वर्षीय सीताराम थापा, ४२ वर्षीय यम चौहान, ४५ वर्षीय नीरजकुमार खनाल, ३८ वर्षीय बलबहादुर बुढाथोकी र ३४ वर्षीय रोहित अधिकारी रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट १ लाख २२ हजार ७ सय ८० रुपैयाँ नगद र दुई बुक तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP