चर्चामा
दसैँ मनाउन घर जाने यात्रुको बाध्यताको फाइदा उठाउँदै यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा र हवाई टिकटको मूल्य अचाक्ली बढाएका छन्। कृत्रिम अभाव सिर्जना गर्दै चर्को मूल्यमा टिकट बिक्री हुँदा जसरी पनि घर पुग्नुपर्ने बाध्यतामा रहेका सर्वसाधारण महँगो भाडा तिर्न बाध्य भएका छन्।
यात्रुको चाप बढेको मौका छोपेर मनपरी भाडा असुली भइरहँदा सरकारले जारी गरेका निर्देशनसमेत प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्। न त बजारमा प्रभावकारी अनुगमन देखिएको छ, न त यात्रुले सहज रूपमा टिकट पाउने अवस्था नै बनेको छ। नियमनकारी निकायको निष्क्रियताले यातायात व्यवसायी र सम्बन्धित पक्षबीचको मिलेमतोमा यात्रु ठगिएको आशङ्का बढाएको छ।
त्यसमाथि सडकको दयनीय अवस्थाले यात्रुको यात्रा झनै कष्टकर बनेको छ। ठाउँठाउँमा बिग्रिएका सडक, जाम र जोखिमपूर्ण यात्रा पार गर्दै गन्तव्यमा नपुगेसम्म यात्रु ढुक्क हुन सक्ने अवस्था छैन।
दसैँजस्तो ठूलो चाडमा नागरिकलाई सुरक्षित र सहज यात्रा गराउने जिम्मेवारी सरकारको हो। तर महँगो भाडा, टिकटको कृत्रिम अभाव र सडकको दुरवस्थाले सर्वसाधारणको दसैँ यात्रा उत्सवभन्दा बढी सास्ती र चिन्ताको विषय बनेको छ।
काठमाडौं । गत भदौ १० गते रसुवा क्षेत्रमा आएको भोटेकोशी बाढीले निजी सम्पत्तिमा मात्रै ७९ अर्ब १७ करोड ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!