यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ, चोरीको स्कुटरसहित दुई जना समातिए

यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ, चोरीको स्कुटरसहित दुई जना समातिए

काठमाडौं । दसैँको चहलपहल बढिरहेका बेला काठमाडौंका विभिन्न स्थानमा यात्रुलाई दुःख हैरानी दिने गरेको आरोपमा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज ३० गते कलङ्की, बल्खु र नयाँ बसपार्क क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पैदल यात्रुलाई जबरजस्ती गाडीमा चढाउने, सामान तथा झोला तान्ने र विभिन्न बहानामा दुःख दिने गरेको गुनासो आएपछि चाडपर्व सुरक्षा योजनाअन्तर्गत कारबाही गरिएको हो। पक्राउ परेकामध्ये दुई जनालाई चोरीको स्कुटरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP