चर्चामा
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कमेडियन हिमेश पन्तबीचको विवाद प्रहरीसम्म पुगेको छ। पन्तको उजुरीपछि प्रहरीले श्रेष्ठलाई छलफलका लागि साइबर ब्युरो लगेको हो।
पन्त र उनको परिवारले अरूको जग्गा हडपेको दाबीसहित श्रेष्ठले समाचार प्रकाशित गरेपछि उनीहरूबीच सामाजिक सञ्जालमा विवाद चर्किएको थियो।
शुक्रबार श्रेष्ठ र पन्त दुवैले एकअर्काविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएका थिए। त्यसपछि शनिबार बिहान प्रहरी श्रेष्ठको ललितपुरस्थित निवासमा पुगेको थियो।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले श्रेष्ठलाई पक्राउ नगरिएको स्पष्ट पारेका छन्। उनका अनुसार दुवै पक्षबीच छलफल हुन सक्नेछ।
विवादको विषयमा दुवै पक्षले एकअर्काविरुद्ध उजुरी दिएका छन्। प्रहरीले घटनाबारे आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!