गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुरसहित सशस्त्र प्रहरीको निगरानी

गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुरसहित सशस्त्र प्रहरीको निगरानी

काठमाडौ ।कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा सशस्त्र प्रहरी बल, नेपालले तालिम प्राप्त कुकुर (के–नाइन) सहितको गस्ती तथा जाँच सुरु गरेको छ। सीमा क्षेत्रमा हुने अवैध चोरीतस्करी, लागूऔषध ओसारपसार, हातहतियारको कारोबार तथा सीमापार अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले निगरानी विस्तार गरेको हो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले असोज ३१ गते गड्डाचौकी भन्सार नाकामा परिचालन हुने डग स्क्वाडको उद्घाटन गरेका हुन्। सशस्त्र प्रहरी बलको संगठनात्मक नीतिअनुसार प्रमुख सीमा नाकाहरूमा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गर्ने अभियानअन्तर्गत गड्डाचौकीमा पनि सेवा विस्तार गरिएको हो।

यसअघि झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा तालिम प्राप्त कुकुरसहितको टोली परिचालन भइसकेको छ। सशस्त्र प्रहरीले २०८० सालमा काँकडभिट्टा, २०८१ सालमा वीरगञ्ज र बेलहिया तथा चालु वर्ष बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा डग स्क्वाड परिचालन गरेको जनाएको छ।

प्रमुख सीमा नाकाहरूमा तालिम प्राप्त कुकुरको प्रयोगबाट अवैध चोरीतस्करी, लागूऔषध, हातहतियार तथा सीमापार अपराध नियन्त्रणमा प्रभावकारी नतिजा प्राप्त भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

हाल सशस्त्र प्रहरी बल, नेपालमा तालिम प्राप्त कुकुरका लागि ३० वटा दरबन्दी रहेको छ। उक्त दरबन्दी पर्याप्त मात्रामा वृद्धि गर्न सके देशका अन्य सीमा नाकाहरूमा समेत के–नाइन टोली परिचालन गर्न सहज हुने सशस्त्र प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
15 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP