जेनजी सहिद स्मृति दिवस कार्यक्रममा विरोध जनाउँदा घाइते पवन खड्का पक्राउ

जेनजी सहिद स्मृति दिवस कार्यक्रममा विरोध जनाउँदा घाइते पवन खड्का पक्राउ

काठमाडौंको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पुरानो संघीय संसद् भवनमा आयोजित जेनजी सहिद स्मृति दिवस कार्यक्रमबाट जेनजी आन्दोलनका घाइते पवन खड्का पक्राउ परेका छन्।कार्यक्रममा सरकारबाट केही नगरिएको भन्दै पवनले विरोध जनाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल, विभिन्न मन्त्री, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत जेनजी आन्दोलनका घाइते तथा सहिद परिवारका सदस्य सहभागी थिए।प्रहरीले पक्राउ गरेपछि पवनले “मलाई बोल्न देऊ” भन्दै आफूलाई पक्राउ गरिएको प्रतिक्रिया दिएका थिए। उनको पक्राउपछि कार्यक्रमस्थलमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको जनाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP