नयाँ दिल्ली । भारतको पश्चिम बंगालस्थित माल्दा जिल्लामा गंगा नदीको तीव्र कटानका कारण झन्डै १७५ वर्ष पुरानो शिव मन्दिर ढलेर नदीमै समाएको छ।
रातुआ क्षेत्रको मुनिरामटोला शिव मन्दिर आइतबार साँझ गंगाको कटानले बगाएको हो। स्थानीयका अनुसार मन्दिर गत वर्षदेखि नै नदी कटानको जोखिममा थियो। मन्दिर जोगाउन अस्थायी सुरक्षात्मक संरचनासमेत बनाइएको थियो।
तर शनिबार नदी किनारको ठूलो भूभाग कटान भएपछि आइतबार साँझ मन्दिरको सम्पूर्ण संरचना गंगामा खसेको हो। स्थानीयका अनुसार केही दशकअघिसम्म मन्दिरबाट गंगा नदी करिब १५ किलोमिटर टाढा थियो।
गंगा कटानसँगै माल्दाका विभिन्न क्षेत्रमा बाढीले समेत ठूलो क्षति पुर्याएको छ। मनिकचक ब्लकअन्तर्गतको भूतनी टापु सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक बनेको छ। त्यहाँको स्थानीय अस्पताल बन्द गरेर प्राथमिक स्वास्थ्य सेवा पञ्चायत कार्यालयबाट सञ्चालन गरिएको छ।
सेप्टेम्बर २ को राति तटबन्ध भत्किएपछि भूतनी टापुमा बाढी पसेको थियो। त्यसपछि तीन पञ्चायतअन्तर्गतका कम्तीमा ६२ गाउँ डुबानमा परेका छन् भने प्रहरी चौकीसमेत प्रभावित भएको छ।
सन् २०२५ मा करिब ६ करोड ५० लाख भारु खर्चेर निर्माण गरिएको तटबन्ध भत्किएपछि यसको गुणस्तरमाथि पनि प्रश्न उठेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!