काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'चन्द्रमा हाम्रो हो' भन्ने सन्देशसहित चन्द्रमाको तस्बिर सार्वजनिक गरेपछि चन्द्रमामाथिको स्वामित्व र अधिकारबारे पुरानो बहस फेरि चर्किएको छ।
ट्रम्पको दाबी अन्तर्राष्ट्रिय अन्तरिक्ष कानुनसँग भने मेल खाँदैन। सन् १९६७ को बाह्य अन्तरिक्ष सन्धिले कुनै पनि देशलाई चन्द्रमा वा अन्य खगोलीय पिण्डलाई आफ्नो राष्ट्रिय भूभाग घोषणा गर्न निषेध गरेको छ।
तर चन्द्रमामा पठाइएका अन्तरिक्ष यान र उपकरण भने सम्बन्धित देशको स्वामित्व तथा नियन्त्रणमा रहन सक्छन्। निजी कम्पनी वा व्यक्तिले चन्द्रमाको जमिन बेच्ने भन्दै प्रमाणपत्र जारी गरे पनि त्यस्ता कागजातले अन्तर्राष्ट्रिय कानुनअनुसार वास्तविक स्वामित्व अधिकार प्रदान गर्दैनन्।
सन् १९८० को दशकदेखि केही कम्पनीले चन्द्रमाको ‘जमिन’ बिक्री गर्दै आएका छन्। मानिसहरूले यस्ता प्रमाणपत्र मनोरञ्जन, उपहार वा विशेष अवसरका लागि खरिद गर्ने गरेका छन्।
अर्थात् चन्द्रमामा पुग्न र अनुसन्धान गर्न सकिन्छ, तर चन्द्रमाको जमिनलाई आफ्नो नाममा दर्ता गरेर मालिक बन्न भने अन्तर्राष्ट्रिय कानुनले अनुमति दिँदैन।
उद्योगमन्त्री गौरीकुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले प्रधानमन्त्री बालेन शाहसमक्ष र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!