काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालको आयात र निर्यात दुवै बढेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको छ।
यो गत आर्थिक वर्षको सोही महिनाको तुलनामा ३१.०४ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको साउनमा नेपालले एक खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरका वस्तु तथा सामान आयात गरेको थियो।
निर्याततर्फ पनि उल्लेख्य वृद्धि भएको छ। विभागका अनुसार साउन महिनामा ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँ बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएका छन्। यो अघिल्लो वर्षको साउनको तुलनामा ६१.७२ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको साउनमा नेपालबाट २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए।
आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा भने उच्च नै रहेको छ। साउन महिनामा आयात र निर्यातबीचको अन्तर एक खर्ब ४८ अर्ब ७३ करोड ९४ लाख रुपैयाँभन्दा बढी रहेको छ। निर्यातमा उल्लेख्य सुधार देखिए पनि आयातको आकार अझै ठूलो रहेकाले व्यापार घाटा कम हुन नसकेको देखिएको छ।
अर्थतन्त्रमा गतिविधि बढेसँगै वैदेशिक व्यापारको आकार विस्तार भएको संकेत देखिए पनि व्यापार सन्तुलन कायम गर्नु सरकारका लागि अझै चुनौतीपूर्ण बनेको छ।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!