काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा भएको झगडामा घाइते भएका दाङका २२ वर्षीय वसन्त कालाथोकीको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार होस्टलमा भएको विवादका क्रममा उनलाई सोही होस्टलमा बस्ने १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले धारिलो हतियार प्रहार गर्नुका साथै कुटपिट गरेका थिए। घटनापछि गम्भीर घाइते भएका कालाथोकीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा शेखर यादवलाई नियन्त्रणमा लिएको छ। अर्का आरोपित प्रमित पटेल भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!