काठमाडौ ।वैदेशिक रोजगार व्यवसायी र सरकारबीचको टकराव उत्कर्षमा पुगेको छ। पछिल्ला दिनहरूमा वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूमा छापामारी तथा अनुगमन तीव्र बनाएपछि आक्रोशित बनेका व्यवसायीहरूले आजदेखि देशभरका म्यानपावर कम्पनीको सेवा बन्द गर्ने घोषणा गरेका हुन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलनका कार्यक्रमअन्तर्गत भिसा प्राप्त गरिसकेका श्रमिकलाई समेत विदेश नउडाउने निर्णय गरेको जनाएको छ।
संघले सरकारले व्यवसायीमाथि एकतर्फी रूपमा दबाब सिर्जना गरेको, छापामारीका नाममा व्यवसाय नै धराशायी बनाउने प्रयास गरेको तथा आफ्ना मागप्रति बेवास्ता गरेको आरोप लगाएको छ। व्यवसायीहरूले यसअघि सरकारलाई विभिन्न मागसहित अल्टिमेटम दिएका थिए। तर माग सम्बोधन नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको संघको भनाइ छ।
संघका अनुसार आजदेखि देशभरका म्यानपावर कार्यालयबाट कुनै पनि नयाँ प्रक्रिया अघि बढाइने छैन। साथै भिसा प्राप्त गरिसकेका, श्रम स्वीकृति लिइसकेका तथा उडानको तयारीमा रहेका श्रमिकलाई समेत विदेश पठाइने छैन। यस निर्णयले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका हजारौं नेपाली श्रमिक प्रत्यक्ष प्रभावित हुने भएका छन्।
व्यवसायीहरूले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउने नाममा सरकारले अनावश्यक हस्तक्षेप र कारबाही बढाएको आरोप लगाएका छन्। उनीहरूले व्यवसायीमाथि गरिएका कारबाही फिर्ता लिन, नीतिगत सुधार गर्न तथा वैदेशिक रोजगार क्षेत्रका समस्याबारे गम्भीर संवाद गर्न माग गरेका छन्।
यता, व्यवसायीहरूको आन्दोलनले वैदेशिक रोजगार क्षेत्र मात्र होइन, दैनिक रूपमा विदेशिने सयौं श्रमिक र तिनका परिवारलाई समेत असर पार्ने देखिएको छ। सरकार र व्यवसायीबीच तत्काल सहमति नजुटे वैदेशिक रोजगार क्षेत्र थप संकटमा पर्ने चिन्ता व्यक्त गरिएको छ।
संघले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएको छ। यससँगै वैदेशिक रोजगार क्षेत्रको विवाद अब सरकार र व्यवसायीबीचको शक्ति परीक्षणका रूपमा विकसित हुन थालेको छ।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!