चर्चामा
भारतको कर्नाटकस्थित बेलागावीमा फ्रिज विस्फोट भएर घरमा आगलागी हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
मंगलबार बिहान करिब २:१५ बजे चावत गल्लीस्थित घरमा ठूलो विस्फोटको आवाज सुनिएपछि स्थानीयले आगलागी भएको थाहा पाएका थिए। प्रहरीका अनुसार भारती धामोने (५०), शारदा धामोने (४५), गंगा धामोने (२५) र प्रिया धामोने (२४) को घटनास्थलमै मृत्यु भएको हो।घटनामा गजानन धामोने (६५) र रोशन धामोने (२१) गम्भीर रूपमा जलेका छन्।
उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।प्रारम्भिक अनुसन्धानअनुसार फ्रिज विस्फोटपछि घरमा आगो फैलिएको थियो। परिवारका सदस्यहरू गणेश चतुर्थीको तयारी गर्दै पूजाका लागि घरमा गणेशको मूर्ति राखेर खाना खाएपछि फ्रिजनजिकै सुतेका थिए।प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं । सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!