मुगुमा ३ घण्टाभित्र दुई भूकम्प, स्थानीय त्रसित

मुगुमा ३ घण्टाभित्र दुई भूकम्प, स्थानीय त्रसित

काठमाडौं । मुगु जिल्लाको कलाई क्षेत्र केन्द्रबिन्दु भएर बुधबार बिहान ३ घण्टाभित्र दुई पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो। त्यसको करिब साढे दुई घण्टापछि बिहान ४ः२८ बजे सोही क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको हो।

लगातार दुई पटक भूकम्प गएपछि स्थानीयवासी त्रसित बनेका छन्। यद्यपि भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने हालसम्म प्राप्त भएको छैन।

यसअघि गत भदौ २६ गते जाजरकोटको कालसेनी आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

स्थानीय चुनावका लागि रास्वपाले खोल्यो उम्मेदवार बन्न आवेदन, मोबाइल एपबाटै दिन सकिने
1 हप्ता अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनमा नगरपालिका तहबाट उम्मेदवा ...

छुटाउनुभयो कि ?

TOP