पाल्पामा कारमाथि अचानक ढुङ्गा खस्यो, दुई जना घाइते

पाल्पामा कारमाथि अचानक ढुङ्गा खस्यो, दुई जना घाइते

बुटवल । पाल्पामा सडक माथिबाट अचानक खसेको ढुङ्गा कारमा बजारिँदा दुई जना घाइते भएका छन्। ढुङ्गा लागेर कार पूर्णरूपमा क्षतिग्रस्त भएको छ। मंगलबार साँझ सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका-३ स्थित माथिल्लो सिद्धबाबा मन्दिर (झरना) नजिकै सडक माथिबाट अचानक ठूलो ढुङ्गा खसेको थियो। उक्त ढुङ्गा पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च ३९९९ नम्बरको कारमा खसेर लागेको प्रहरीले जनाएको छ।

 

कारमा चालकसहित तीन जना सवार थिए। घटनामा बुटवल–७ की ३७ वर्षीया जुलन गैरे र बुटवल जेसिज चोककी ६२ वर्षीया राधिका ढकाल घाइते भएका छन्। दुवैको अवस्था मध्यम रहेको र बुटवलस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कार चालक रुपन्देही शुद्धोधन गाउँपालिका-२ का ३६ वर्षीय राजकुमार लोध भने सकुशल छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी भीमलाल भट्टराईका अनुसार घटनास्थल प्रहरी चौकी दोभानबाट करिब डेढ किलोमिटर दक्षिणतर्फ पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भूमि अध्यादेशको विरोधमा कांग्रेस, सरकारमाथि दोहोरो चरित्रको आरोप
1 हप्ता अगाडि

काठमाडौं । सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरो ...

छुटाउनुभयो कि ?

TOP