चर्चामा
काठमाडौं । धनुषामा अपहरणमा परेका १५ महिनाका बालक सिद्धान्त महतोलाई ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा ४१ वर्षीया पुनितादेवी पासवान पक्राउ परेकी छन्।
धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाका कमलेश महतोका छोरा सिद्धान्त भदौ १८ गते घरको आँगनमा खेलिरहेका बेला हराएका थिए। परिवारको उजुरीपछि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुपेश खड्काको नेतृत्वमा ६० जनाको टोली परिचालन गरिएको थियो।
प्रहरीले तालिमप्राप्त कुकुरसहित व्यापक खोजी गरे पनि प्रारम्भिक चरणमा कुनै ठोस सुराक फेला परेको थिएन। त्यसपछि डीएसपी ओमप्रकाश खनाल र मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङको नेतृत्वमा विशेष अनुसन्धान टोली खटाइएको थियो।
प्राविधिक विश्लेषणका क्रममा कमला नगरपालिका–९ हथलेट्वाकी पुनितादेवी पासवानले बालकलाई लगेको खुलेपछि प्रहरी उनको खोजीमा जुटेको थियो। अनुसन्धानका क्रममा उनले बालकलाई भारतको मधुवनीस्थित माइतीघर समेत लगेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दबाब बढेपछि पासवानले सोमबार बालक सिद्धान्तलाई घरदेखि करिब ३०० मिटर पर छाडेर फरार हुने प्रयास गरेकी थिइन्। त्यसलगत्तै प्रहरीले उनलाई धनुषाकै महिनाथपुर क्षेत्रबाट पक्राउ गरेको हो।
उद्धार गरिएका बालकलाई परिवारको जिम्मा लगाइएको छ। पक्राउ परेकी पासवानलाई हिरासतमा राखेर अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनमा नगरपालिका तहबाट उम्मेदवा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!