दुःखद घटना : बाँदरलाई ताकेर हानेको गोली लाग्दा खोटाङमा एक जनाको मृत्यु

दुःखद घटना : बाँदरलाई ताकेर हानेको गोली लाग्दा खोटाङमा एक जनाको मृत्यु

खोटाङ । खोटाङको खार्मीस्थित निङ्गालेमा बाँदर धपाउने क्रममा भरुवा बन्दुकबाट प्रहार भएको गोली लागेर ५२ वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको छ। प्रहरीका अनुसार मकैबारीमा आएका बाँदर धपाउने क्रममा ५४ वर्षीय भलबहादुर तामाङले चलाएको गोली श्यामबहादुरको टाउकोमा लागेको थियो। गोली लागेपछि उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनापछि भलबहादुर आफैँले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भूमि अध्यादेशको विरोधमा कांग्रेस, सरकारमाथि दोहोरो चरित्रको आरोप
1 हप्ता अगाडि

काठमाडौं । सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरो ...

छुटाउनुभयो कि ?

TOP