चर्चामा
काठमाडौँ । काठमाडौँको बानेश्वरमा घरभित्र पसेर सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप नगरपालिका-१ घर भई हाल बानेश्वर बस्दै आएका दिपेश मग्रान्ती रहेका छन्। उनलाई सोमबार साँझ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मग्रान्तीमाथि सोमबार बिहान करिब १ बजे काठमाडौँ महानगरपालिका-१० स्थित एक घरमा प्रवेश गरी सुनका गरगहना चोरी गरेको आरोप छ। उनको साथबाट १३८.६१ ग्राम तौल बराबरका विभिन्न सुनका गहना बरामद गरिएको छ। बरामद गहनामा औँठी, सिक्री, तिलहरी, जन्तर, फुली, झुम्का, टीका र मुन्द्रालगायत रहेका छन्। पक्राउ परेका मग्रान्तीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ।
काठमाडौं । सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेशलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!