चर्चामा
काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बमविरुद्ध दुई लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बमले सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। उजुरीका आधारमा खटिएको टोलीले उनलाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा विद्यालय व्यवस्थापन समितिको सदस्य पदको दुरुपयोग गर्दै सेवा सुविधा उपलब्ध गराइदिने आश्वासनका साथ ‘बार्गेनिङ’ गरी आफ्ना लागि रकम लिएको पुष्टि भएको अख्तियारको दाबी छ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार देव बहादुर बमविरुद्ध दुई लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको जनाएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनमा नगरपालिका तहबाट उम्मेदवा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!