काठमाडौं । हिन्दू धर्मावलम्बीहरूले आज नागपञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा नागको पूजा गरी घरका मूलढोकामा नागको तस्वीर टाँस्ने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार यसो गर्दा वर्षभरि नाग, सर्प, बिच्छीलगायतका जीवजन्तुको भय नहुने तथा अग्नि, मेघ र चट्याङबाट समेत सुरक्षा मिल्ने जनविश्वास रहेको छ।
वैदिक कालदेखि नै नाग पूजाको परम्परा चलिआएको मानिन्छ। धर्मशास्त्रअनुसार नागलाई सर्पहरूको राजा मानिन्छ र वर्षा, जल तथा प्राकृतिक सन्तुलनसँग नागको सम्बन्ध जोडिएको छ। बराहपुराणमा श्रावण शुक्ल पञ्चमीका दिन नागराज र ब्रह्माबीच संवाद भएको उल्लेख पाइने भएकाले पनि यो दिन नागपूजाको विशेष महत्व रहेको बताइन्छ।
नागपञ्चमीका अवसरमा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी अष्टनागको पूजा गरिन्छ। आजको दिन घरमा नागको चित्र टाँसेपछि खेतबारी खन्न नहुने र नाग तथा अन्य घस्रने जीवजन्तुलाई मार्न नहुने धार्मिक मान्यता छ।
काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड तथा नागस्थानमा विशेष पूजा–आराधना भइरहेको छ। भक्तजनहरूले दूध, अक्षता, दूबो, खीर र रोटीलगायतका प्रसाद चढाएर नागदेवताको पूजा गरिरहेका छन्। नागपञ्चमीसँगै नेपालीहरूको चाडपर्वको मौसम पनि औपचारिक रूपमा सुरु भएको मानिन्छ।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!