सडकमा माटो खसाल्ने निर्माण कम्पनीलाई काठमाडौं महानगरको एक लाख जरिवाना

सडकमा माटो खसाल्ने निर्माण कम्पनीलाई काठमाडौं महानगरको एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ४ स्थित विशाल मिलन केन्द्र नजिक निर्माणाधीन भवनबाट माटो सडकमा खसालिएको पाइएपछि महानगर प्रहरीले निर्माण कम्पनीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ।

महानगर प्रहरी बल प्रमुख बिष्णु प्रसाद जोशीका अनुसार निर्माण कार्यका क्रममा सडकमा माटो तथा फोहोर खसालेर सार्वजनिक आवागमनमा अवरोध पुर्‍याउनुका साथै वातावरण प्रदूषण बढाएको भन्दै माउण्टपुमोरी निर्माण सेवालाई रु १ लाख जरिवाना गरिएको हो।

महानगरपालिकाले निर्माण व्यवसायी तथा घरधनीलाई निर्माण सामग्री, माटो तथा फोहोर सडकमा जथाभावी फाल्न नहुने नियमको पालना गर्न आग्रह गर्दै उल्लङ्घन गर्नेविरुद्ध कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

सार्वजनिक सडकको सरसफाइ, सुन्दरतासँगै नागरिकको सहज आवतजावत सुनिश्चित गर्न महानगरले निर्माणस्थलबाट निस्कने माटो तथा फोहोरको उचित व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई निर्देशनसमेत दिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP