नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको ६ हजार ९ केजी स्याउसहित तीन गाडी नियन्त्रणमा

नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको ६ हजार ९ केजी स्याउसहित तीन गाडी नियन्त्रणमा

महोत्तरी। नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको ठूलो परिमाणको स्याउसहित तीन वटा पिकअप गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

बैशाख १९ गते महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल नं. ९ महोत्तरी गण तथा मातहत युनिटले ६ हजार ९ केजी स्याउ बरामद गरेको हो।

प्रहरीका अनुसार प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरका तीन वटा गाडीमा राखी भारततर्फ लैजाँदै गरिएको ३ सय ४५ कार्टुन स्याउ नियन्त्रणमा लिइएको हो।
उक्त स्याउ अवैध रूपमा तस्करी गर्न लागिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएका गाडी तथा स्याउलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रारम्भिक प्रतिवेदनपछि १४ अर्ब ६३ करोडबराबरको बेरुजु असुल
10 घण्टा अगाडि

काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...

छुटाउनुभयो कि ?

TOP