सुन्दरीजल ओख्रेनी गुम्बा उद्घाटन: १ करोड ६० लाखको लागतमा निर्माण सम्पन्न

सुन्दरीजल ओख्रेनी गुम्बा उद्घाटन: १ करोड ६० लाखको लागतमा निर्माण सम्पन्न

काठमाडौं।काठमाडौंको गोकर्णेश्वर नगरपालिका–स्थित सुन्दरीजल ओख्रेनीमा निर्माण गरिएको गुम्बाको आज औपचारिक उद्घाटन गरिएको छ। विभिन्न तहका जनप्रतिनिधि र सरोकारवालाको सहभागितामा गुम्बा उद्घाटन सम्पन्न भएको हो।

गुम्बा निर्माणका लागि गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयरको कार्यकालमा ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो भने हालका मेयर दीपक रिसालबाट थप ४० लाख रुपैयाँ बजेट उपलब्ध गराइएको थियो। त्यसैगरी, बागमती प्रदेशका पूर्व मन्त्री माननीय विमल ठकुरीबाट ५० लाख रुपैयाँ बजेट व्यवस्थापन गरिएको थियो।

स्थानीय तह र प्रदेश तहबाट आएको कुल १ करोड ६० लाख रुपैयाँ लागतमा गुम्बा निर्माण सम्पन्न गरिएको जनाइएको छ। स्थानीय समुदायको पहल र सरकारी सहयोगमा निर्माण भएको गुम्बाले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै वक्ताहरूले गुम्बा निर्माणले क्षेत्रको पहिचान र आन्तरिक पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। साथै, स्थानीय तह र प्रदेश तहबीचको समन्वयबाट यस्ता पूर्वाधार निर्माण सम्भव भएको उल्लेख गरिएको छ।

अन्त्यमा स्थानीयवासीले खुशी व्यक्त गर्दै गोकर्णेश्वरका मेयर दीपक रिसाल, पूर्व मेयर सन्तोष चालिसे र प्रदेश सांसद विमल ठकुरीलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP