काठमाडौं । पछिल्लो समय उठिरहेका विभिन्न आरोप र चर्चाबीच गृहमन्त्री सुधन गुरुङ ले कडा प्रतिक्रिया दिँदै भ्रष्टाचारविरुद्धको सरकारी अभियान कुनै पनि हालतमा नरोकिने स्पष्ट सन्देश दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको अभिव्यक्तिमा उनले आफू र सरकारमाथि भइरहेको आलोचनालाई “प्रायोजित हल्ला” भन्दै अस्वीकार गरेका छन्।
गुरुङले आफ्नो स्टाटसमा लेखेका छन्, “वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो।” उनका अनुसार पछिल्लो समय फैलाइएका आरोपहरू योजनाबद्ध रूपमा सरकारको अभियान कमजोर पार्न गरिएको प्रयास मात्र हुन्।
उनले थप कडा शब्दमा भनेका छन्, “कारबाही रोकिँदैन, डगमगाइँदैन। दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ।” गृहमन्त्रीको यो अभिव्यक्तिलाई भ्रष्टाचारमा संलग्न समूहप्रति सीधा चेतावनीका रूपमा लिइएको छ।
पछिल्लो समय गृहमन्त्री गुरुङको नाम जोडिएर विभिन्न विवादहरू बाहिर आएपछि राजनीतिक तथा सामाजिक वृत्तमा चर्चा चुलिएको छ। तर उनले ती सबै आरोपलाई अस्वीकार गर्दै आफू भ्रष्टाचारविरुद्धको अभियानमा दृढ रहेको अभिव्यक्ति दिएका छन्।
सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको दाबी गरिरहँदा गृहमन्त्रीको यो आक्रामक अभिव्यक्तिले आगामी दिनमा थप अनुसन्धान र कारबाही कडाइका साथ अघि बढ्ने संकेत दिएको विश्लेषण गरिएको छ।
काठमाडौँ ।लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन सम्बन्धित निकायलाई उपलब्ध गराइएपछि१४ अर्ब ६३ करोड २६ ला ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!