स्थानिय स्तरमा सक्षम खेलाडी खोज्दै पालुँटारमा मेयर कप फुटबल सम्पन्न

स्थानिय स्तरमा सक्षम खेलाडी खोज्दै पालुँटारमा मेयर कप फुटबल सम्पन्न

काठमाडौं । पालुँटार नगरपालिका द्वारा आयोजित मेयर कप फुटबल प्रतियोगिता वैशाख ४ देखि ७ गतेसम्म सम्पन्न भएको छ। माझटार खेलमैदानमा सञ्चालन गरिएको प्रतियोगितामा नगरभित्रका १० वटा टिम सहभागी हुने तालिका रहे पनि वडा नं १० बाट टिम सहभागी नभएपछि ९ टोलीबीच प्रतिस्पर्धा भएको थियो।

स्थानीय स्तरमा खेलकुदको विकास गर्ने र युवाहरूमाझ खेलप्रति आकर्षण बढाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ। प्रतियोगितामा प्रथम हुने वडा नं. ७ ले ६० हजार रुपैयाँ, द्वितीय हुने वडा नं. ४ ले ४० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेकाछन् ।

पालुङटार  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीका अनुसार, स्थानीय स्तरमै रहेका प्रतिभावान खेलाडीहरूलाई पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए । प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत सामाजिक एकता र सक्रियता बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मेरो विषयमा पार्टीले गर्ने हरेक निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्छु:सुधन गुरुङ
7 घण्टा अगाडि

गृहमन्त्री सुधन गुरुङको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद् ...

छुटाउनुभयो कि ?

TOP