सम्पत्ति सार्वजनिकपछि हर्क साम्पाङको प्रश्न : “स्रोत पनि खुलाऊ”

सम्पत्ति सार्वजनिकपछि हर्क साम्पाङको प्रश्न : “स्रोत पनि खुलाऊ”

काठमाडौं । प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको सम्पत्ति विवरण सार्वजनिक भएपछि त्यसको स्रोतबारे बहस चर्किएको छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत सरकारमाथि प्रश्न उठाउँदै सम्पत्तिको स्रोतसमेत खुलाउन माग गरेका छन्। उनले लेखेका छन्, “सम्पत्ति यति उति भन्ने आयो, अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो हुन्छ। स्रोत बिनाको सम्पत्ति फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ।”

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो।

सरकारले कानुनअनुसार सम्पत्ति विवरण सार्वजनिक गरेको दाबी गरे पनि त्यसमा स्रोत स्पष्ट नखुलाइएको भन्दै सर्वसाधारणदेखि विभिन्न राजनीतिक वृत्तमा चासो र प्रश्न बढ्दै गएको छ।

प्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक गरेको चल तथा अचल सम्पत्ति, नगद, सुनचाँदीलगायतको विवरण ठूलो परिमाणमा देखिएपछि यसको वैधता र आयस्रोतबारे पारदर्शिता माग गरिएको हो।

विशेषगरी भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयमा जोड दिँदै आएका व्यक्तिहरूले अब केवल विवरण सार्वजनिक गर्नु मात्र पर्याप्त नहुने, त्यसको स्रोतसमेत अनिवार्य रूपमा खुलाउनुपर्ने बताएका छन्।

यस विषयमा सरकारको आधिकारिक धारणा भने आउन बाँकी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
8 घण्टा अगाडि

काठमाडौँ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन् ...

छुटाउनुभयो कि ?

TOP