जिल्ला अदालत काठमाडौंबाट देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत काठमाडौंबाट देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको बुझिएको छ । 

अदालतले पक्राउ अनुमति दिइसकेको छ तर उनीहरु नेपालमा नभएकाले पक्राउ गर्न नसकिएको हो । हाल देउवा दम्पत्ति विदेशमा रहेकाछन् । २१ फागुनको चुनाव अघि देउवा दम्पत्ति स्वास्थ्य उपचार गराउन भन्दै  सिंगापुर गएका थिए । उनीहरु त्यहाँबाट हङकङ तर्फ लागेको बुझिएकोे छ ।

यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवा र उनकी पत्नी आरजु माथि कुटपिट भएको थियो । बुढानीलकण्ठस्थित घरमा आगजनी हुँदा जलेका पैसाका नोट भेटिएको विषय सार्वजनिक भएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । सो विषयमा अहीले सिआईबीले अनुसन्धन गरीरहेको छ । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
1 हप्ता अगाडि

काभ्रेपलाञ्चोक । बुधबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग बिहीबार बिहान ८ः३० बजेदेखि सञ्चालनमा आएको थिय ...

छुटाउनुभयो कि ?

TOP