माइग्रेन के हो यसको कारण, लक्षण र बच्ने उपायहरु के के हुन त ?

माइग्रेन के हो यसको कारण, लक्षण र बच्ने उपायहरु के के हुन त ?

काठमाडौं । माइग्रेन यो सामान्य टाउको दुखाइ भन्दा फरक समस्या हो। माइग्रेनमा प्रायः टाउकोको एक भागमा तीव्र र धड्किने दुखाइ हुन्छ। यससँगै उज्यालो, आवाज र हल्लाप्रति संवेदनशीलता, वाकवाकी र बान्ता जस्ता लक्षण पनि देखिन्छन्।

विश्वभर करिब १ अर्ब मानिस माइग्रेनबाट प्रभावित छन्। नेपालमा करिब १०–१२ प्रतिशत वयस्कमा यो समस्या देखिन्छ। महिला, विशेष गरी हर्मोनल उतार–चढाव र इस्ट्रोजेनको प्रभावका कारण बढी प्रभावित हुने गर्छन्। माइग्रेनको मुख्य कारण अझै पूर्ण रूपमा पत्ता लागिसकेको छैन। तर वैज्ञानिकहरूले यसलाई मस्तिष्कमा हुने असामान्य रासायनिक परिवर्तन र स्नायुहरूको अतिसंवेदनशील प्रतिक्रियासँग जोड्छन्।

वंशानुगत कारण, मस्तिष्कमा सेरोटोनिनको कमी, तनाव, अनियमित निद्रा, खानेकुरा र वातावरणीय कारकहरूले माइग्रेन सुरु हुन सक्छ। लक्षण चार चरणमा देखिन्छन्। सुरुमा पूर्वलक्षण चरणमा मन खिन्न हुनु, एकाग्रता कम हुनु, थकान र मूड परिवर्तन जस्ता संकेत देखिन्छ।

केही बिरामीमा आउरा चरणमा दृष्टि धमिलो हुनु, चम्किला बिन्दु देखिनु र हातखुट्टा झमझम हुने समस्या आउँछ। मुख्य दुखाइ चरणमा टाउकोको एकातिर वा दुवैतिर तीव्र दुखाइ हुन्छ। यस बेला वाकवाकी लाग्ने र उज्यालो वा आवाज सहन गाह्रो हुन्छ।

दुखाइपछिको चरणमा शरीरमा कमजोरी, मानसिक थकान र हल्का चक्कर देखिन्छ। तर माइग्रेनबाट बच्न सकिन्छ। नियमित निद्रा, पर्याप्त पानी पिउने र सन्तुलित आहार लिनु, तनाव कम गर्न योग र ध्यान अभ्यास गर्नु, लामो समयसम्म स्क्रिन हेर्न नहुने, ट्रिगर खानेकुरा जस्तै चकलेट, कफी र रक्सी कम गर्नु, हल्का दैनिक व्यायाम गर्नु, औषधि नियमित लिनु र माइग्रेन डायरी राख्नु स्वास्थ्यका लागि उपयोगी उपाय हुन्।यसैले माइग्रेन देखिँदा ढिला नगरी समयमै आराम र चिकित्सकको सल्लाह लिनुहोस्।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
एक घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

छुटाउनुभयो कि ?

TOP