काठमाडौं । अमेरिकाले इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनेई सहित उच्चपदस्थ इरानी अधिकारीबारे जानकारी दिनेलाई १ करोड अमेरिकी डलर (करिब १३ करोड रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले आफ्नो ‘रिवार्ड्स फर जस्टिस’ (न्यायका लागि पुरस्कार) कार्यक्रममार्फत उक्त घोषणा गरेको हो। यस कार्यक्रमले अमेरिकाविरुद्ध निर्देशित आतंकवादमा संलग्न भएको आशंका गरिएका व्यक्तिहरूलाई पहिचान गर्न वा न्यायको दायरामा ल्याउन सहयोग गर्ने जानकारीका लागि आर्थिक पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ।
अमेरिकाले फेब्रुअरी २८ मा इरानी सैन्य प्रतिष्ठानलाई लक्षित गरी गरेको संयुक्त अमेरिकी–इजरायली आक्रमणपछि मध्यपूर्व क्षेत्रमा तनाव झन् बढेको छ। उक्त आक्रमणको जवाफमा इरानले विभिन्न क्षेत्रमा मिसाइल तथा ड्रोनमार्फत प्रत्याक्रमण गरेको थियो। त्यसपछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ।
कार्यक्रमको अद्यावधिक सूचीमा मोजतबा खामेनेई बाहेक इरानका गृहमन्त्री र गुप्तचर तथा सुरक्षामन्त्रीसमेत समावेश गरिएको अमेरिकी पक्षले जनाएको छ। सामाजिक सञ्जालमार्फत ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमले भनेको छ, “यी इरानी नेताहरूका बारेमा जानकारी छ भने हामीलाई सूचना पठाउनुहोस्। यसले तपाईंलाई आर्थिक पुरस्कार र सुरक्षित स्थानान्तरणका लागि योग्य बनाउन सक्छ।”
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकार अहिले गम्भीर संकटमा परेको दाबी गरेका छन्। जी–७ राष्ट्रका नेताहरूसँग भएको भर्चुअल छलफलका क्रममा उनले इरानको वर्तमान शासन आत्मसमर्पणको अवस्थामा पुगेको टिप्पणी गरेका हुन्।
अमेरिकी सञ्चारमाध्यम एक्सिओसका अनुसार ‘अपरेसन एपिक फ्युरी’ (विशाल क्रोध अभियान) नाम दिइएको सैन्य अभियानबारे जी–७ देशका नेताहरूबीच छलफल हुँदा ट्रम्पले इरानविरुद्धको अभियानलाई “विश्वलाई धम्की दिने शक्ति कमजोर पार्ने प्रयास” का रूपमा व्याख्या गरेका थिए।
राष्ट्रपति ट्रम्पले वासिङ्टनले सैन्य माध्यमबाट इरानको ‘आतंकवादी शासन’ अन्त्य गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिरहेको दाबी गरेका छन्। यस निर्णयले मध्यपूर्वको भू–राजनीतिक तनाव थप चर्किने विश्लेषण गरिएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासला ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!