पराजयपछि नारायणकाजी श्रेष्ठको सन्देश: “सर्लाहीका जनतासँगको सम्बन्ध टुट्दैन, फरक मोर्चाबाट संघर्ष जारी राख्छु”

पराजयपछि नारायणकाजी श्रेष्ठको सन्देश: “सर्लाहीका जनतासँगको सम्बन्ध टुट्दैन, फरक मोर्चाबाट संघर्ष जारी राख्छु”

काठमाडौं । नारायण काजी श्रेष्ठ ,नेपाल कम्युनिस्ट पार्टीका नेता, ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ३ को मत परिणामलाई सम्मानपूर्वक स्वीकार गरेका छन्।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सर्लाही–३ का मतदाताले दिएको जनादेशलाई स्वीकार गर्दै विजयी उम्मेदवार नरेन्द्र साह कलवारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

फेसबुक सन्देशमा उनले आफूलाई मतदान गर्ने र निर्वाचन प्रक्रियामा सहभागी हुने सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गरेका छन्। साथै चुनावी अभियानका क्रममा विभिन्न रूपमा सहयोग गर्ने मित्र, शुभेच्छुक तथा समर्थकहरूलाई पनि उनले हृदयदेखि धन्यवाद दिएका छन्।

श्रेष्ठले चुनावी अभियानका क्रममा दिनरात नभनी खटिएका आफ्ना पार्टी कार्यकर्ताहरूको विशेष प्रशंसा गरेका छन्। उनले भोकभोकै खटेर चुनावी अभियानमा सक्रिय रहेका कार्यकर्ताहरूलाई क्रान्तिकारी अभिनन्दन व्यक्त गर्दै उनीहरूको योगदानलाई अत्यन्तै महत्वपूर्ण ठानेका छन्।

उनले निर्वाचन आफ्नो लागि कुनै पद प्राप्त गर्ने वा व्यक्तिगत स्वार्थ पूरा गर्ने उद्देश्यका लागि नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यदि आफू विजयी भएको भए संसदीय वा सरकारी मोर्चाबाट देश र जनताको पक्षमा काम गर्ने अवसर मिल्थ्यो, तर अहिलेको अवस्थामा पनि फरक मोर्चाबाट देश र जनताको हितमा निरन्तर सक्रिय रहने बताएका छन्।

श्रेष्ठले सर्लाहीका जनतासँग आफ्नो सम्बन्ध चुनावी परिणामसँग मात्र सीमित नरहेको उल्लेख गर्दै जिल्लाका नागरिकसँग निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्। चुनावअघि आफूले सर्लाहीका जनतासँग नियमित रूपमा भेट्ने वाचा गरेको स्मरण गर्दै उनले अब औपचारिक प्रतिनिधित्व नभए पनि सर्लाहीका जनतासँगको सम्बन्ध निरन्तर रहने विश्वास दिलाएका छन्।

उनले आफ्नो राजनीतिक जीवन राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्यायसहितको समृद्धि तथा समाजवादको पक्षमा समर्पित रहेको उल्लेख गरेका छन्। साथै देश, जनता र श्रमजीवी वर्गको पक्षमा क्रान्तिकारी संघर्षलाई अझ सशक्त ढंगले अघि बढाउने संकल्प पनि व्यक्त गरेका छन्।

श्रेष्ठले सर्लाहीका जनताको हक–अधिकार र विकासका मुद्दामा पनि सर्लाहीका नागरिकसँग मिलेर निरन्तर काम गरिरहने प्रतिबद्धता दोहोर्‍याएका छन्। चुनावी परिणामले राजनीतिक यात्रालाई रोक्न नसक्ने भन्दै उनले जनताको पक्षमा संघर्ष जारी रहने बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
4 घण्टा अगाडि

श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय ता ...

छुटाउनुभयो कि ?

TOP