काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी साम्बा को गम्भीर घाउको उपचारका लागि नेपाली कांग्रेसले पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
साम्बा एशियन कप र अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा चोटग्रस्त भइ गम्भीर अवस्थामा छिन्। उपचारमा सहयोग जुटाउन र शीघ्र स्वास्थ्य लाभ सुनिश्चित गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयले पहल गरेको हो।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पत्रमार्फत जानकारी दिए, “साम्बाको उपचारमा नेपाली कांग्रेसका तर्फबाट पाँच लाख रुपैयाँ उपलब्ध गराइएको छ। हामीले नेपाल फुटबल संघका अध्यक्ष तथा सम्बन्धित टिमसँग समन्वय गरी आवश्यक सहयोग सुनिश्चित गरेका छौं।”
पार्टीले साम्बाको योगदानको उच्च सम्मान गर्दै, खेलकुदमा संलग्न युवा प्रतिभाहरुलाई मनोबल बढाउन र राष्ट्रिय पहिचान निर्माण गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
साम्बाको उपचारमा गरिएको सहयोगले खेलाडीलाई व्यक्तिगत स्वास्थ्यमा मद्दत गर्ने मात्र नभई, अन्य युवा खेलाडीलाई पनि प्रेरणा दिनेछ। नेपाली कांग्रेसले यस प्रकारका पहलमार्फत राष्ट्रिय खेलकुद र युवा प्रतिभाको विकासमा सकरात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!