बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १५ जना घाइते

बैतडीमा जन्ती बोकेको बस दुर्घटना, १५ जना घाइते

बैतडी,माघ २२-जिल्लाको पुर्चौडी नगरपालिका–७ मा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। बिहीबार भौनीबाट जन्ती लिएर फर्किँदै गरेको बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनाग्रस्त भएको हो।

सुप प्र ०२–००१ ख १११९ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिए। उनका अनुसार दुर्घटनाको खबर पाएलगत्तै पुर्चौडी र ढोल्यामोडबाट प्रहरी टोली घटनास्थलमा परिचालित गरिएको छ भने स्थानीयबासी पनि उद्धारमा जुटेका छन्।

प्रहरीका अनुसार हालसम्म १५ जना घाइतेलाई नजिकैको स्वास्थ्य संस्थामा पुर्‍याइएको छ। अन्य यात्रुको अवस्था र क्षतिको विवरण आउन बाँकी रहेको डीएसपी रायले बताए।
दुर्घटनामा परेको बस बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै थियो। अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रतिनिधि सभा चुनावमा करिब ६० प्रतिशत मत खसेको घोषणा
1 हप्ता अगाडि

काठमाडौं/देशभर आज सम्पन्न प्रतिनिधि सभा चुनावमा करिब ६० प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि बेलुका ५ ...

छुटाउनुभयो कि ?

TOP