विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु

विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु

मध्यविन्दु (नवलपरासी), माघ-१२ नवलपरासी(बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु भएको छ ।    
    
नेपाल नमुना मावि केउरेनीको लु १ क ३८१४ नं को बसले ठक्कर दिँदा सोही विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत चार वर्षीय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।    
    
विद्यालय हाताभित्र बस घुमाउने क्रममा बारा जिल्ला कलैया नगरपालिका–६ स्थायी घर भई हाल देवचुली–१४ छत्तिसघरे बस्ने बिबु पासवानको चार वर्षीय छोरी सुश्माकुमारी पासवान गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारको लागि देवचुली नगर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।    
    
ठक्कर दिने बस र चालक प्रहरीले नियन्त्रणमा लिइएको छ ।    

[RSS]
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बत्ती पुग्ने आशामा अपिवासी
3 हप्ता अगाडि

दार्चुला । “चौलानीको कञ्चन पानी, बिजुलीको खानी अँध्यारोमै बित्न लाग्यो, हाम्रो जिन्दगानी आ ...

छुटाउनुभयो कि ?

TOP