काठमाडौँ,माघ ५ — विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले अदालतमा दायर गरेको रिट फिर्ता लिन सहमत भएको छ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार उक्त रिट दायर गरेका थिए। रिटको प्रारम्भिक सुनुवाइ मंगलबारका लागि तय भए पनि पेसीमा चढ्नुअघि नै रिट फिर्ता लिने तयारी गरिएको कांग्रेस स्रोतले जनाएको छ।
निर्वाचन आयोगको निर्णय नेपालको संविधान र कानुन विपरीत रहेको दाबी गर्दै देउवा पक्षले यसअघि कानुनी उपचारसँगै सडक संघर्षसमेत गर्ने घोषणा गरेको थियो। तर खड्काले नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ठहर गर्दै आफैंले मुद्दा दायर गरेकाले नैतिकताको आधारमा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएका छन्।
रिट फिर्ता लिने सहमतिसँगै कांग्रेसभित्र देखिएको आन्तरिक विवाद केही हदसम्म मत्थर हुने संकेत देखिएको छ। अब अदालतमा मुद्दा अघि नबढ्ने भएपछि पार्टीभित्रै राजनीतिक सहमतिको बाटो खोजिने नेताहरूको भनाइ छ।
काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ । ग ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!