कांग्रेसको देउवा पक्षले निर्वाचन आयोगविरुद्ध दायर रिट फिर्ता लिने तयारी

काठमाडौँ,माघ ५ — विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले अदालतमा दायर गरेको रिट फिर्ता लिन सहमत भएको छ।

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार उक्त रिट दायर गरेका थिए। रिटको प्रारम्भिक सुनुवाइ मंगलबारका लागि तय भए पनि पेसीमा चढ्नुअघि नै रिट फिर्ता लिने तयारी गरिएको कांग्रेस स्रोतले जनाएको छ।

निर्वाचन आयोगको निर्णय नेपालको संविधान र कानुन विपरीत रहेको दाबी गर्दै देउवा पक्षले यसअघि कानुनी उपचारसँगै सडक संघर्षसमेत गर्ने घोषणा गरेको थियो। तर खड्काले नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ठहर गर्दै आफैंले मुद्दा दायर गरेकाले नैतिकताको आधारमा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय लिएका छन्।

रिट फिर्ता लिने सहमतिसँगै कांग्रेसभित्र देखिएको आन्तरिक विवाद केही हदसम्म मत्थर हुने संकेत देखिएको छ। अब अदालतमा मुद्दा अघि नबढ्ने भएपछि पार्टीभित्रै राजनीतिक सहमतिको बाटो खोजिने नेताहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
16 घण्टा अघि

काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP